कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । प्रदेशसभाको अध्यक्षता गरेका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले थापाले विश्वासकाे मत प्राप्त गरेकाे घोषणा गरेका थिए । संविधानविपरीत विश्वासको मतका पक्षमा उनी आफैंले मतदान गरेका छन् । आफूले समेत मतदान गरेपछि थापाले ४७ मत पाएको भन्दै विश्वासको मत पाएको भनेर उनले घोषणा गरेका हुन् । उनले भने, ‘मानवीय उद्धव थापाले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गरेको घोषणा गर्दछु ।’
कोसीको ९३ सदस्यीय प्रदेशसभामा थापाको ४७ मत र विपक्षमा ३० मत खसेको घोषणा सभाध्यक्ष इस्राइल मन्सुरीले गरेका हुन् । तटस्थतर्फ भते मत परेन। सोमबारको प्रदेशसभा बैठकमा ७७ जना सांसद उपस्थित थिए ।




