सेयर कारोबारको चौथो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक २९.४७ अंकले २०४५.४५ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स ४.३० विन्दुले बढेको छ। आज २७३ कम्पनीको ४२ लाख ३७ हजार ६९ कित्ता सेयर १ अर्ब ५१ करोड ४ लाख ८८ हजार ९८४ रुपैयाँमा खरिदबिक्री भयो।

आज कुथेली बुखारी स्माइल हाइडोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा घोराही सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ७ करोड ५७ लाख मूल्य बराबरको सेयर खरिदबिक्री भयो।

कारोबारमा आएका १३ वटै उपसमूहको सूचक बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link