नेपाली कांग्रेसले आज र भोलि ( भदौ ७ र ८ गते) पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

कांग्रेसका नेता डा. राजाराम कार्कीको निधनमा पार्टीको झण्डा झुकाउने निर्णय केन्द्रीय समितिको आकस्मिक बैठकले गरेको हो ।

बिहीबार बिहान बसेको बैठकले कार्कीको निधनमा शुक्रबार केन्द्रीय र जिल्ला कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

कार्कीको आज बिहीबार  नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । ६६ वर्षका कार्कीको बुधबार निधन भएको थियो ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य कार्की तरुण दलका पूर्वमहासचिव हुन् । उनी धार्दिङका पूर्वसचिव समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link