नेपाली कांग्रेस प्रदेश सभापतिहरूकाे भेला हुने भएकाे छ । यहि भदाै १६ र १७ गते पाेखरामा भेला हुने भएकाे हाे । भेलामा सात वटै प्रदेशका सभापतिसहित पदाधिकारीलाइ बाेलाइएकाे छ । नेपाली कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी सङ्गठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बताए ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको व्यवस्थापनमा हुने भेलाको उद्घाटन पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको र भेलामा प्रदेश समितिको भूमिका एवं पार्टीको संस्थागत विकास लगायतका विषयमा छलफल हुने जनाइएको छ।




