पोखरा । राष्ट्रिय टोलीका खेलाडी तथा अफिसियलसहितको टोली आज साँझ हवाईमार्गबाट पोखरा आएको हो । भोलिदेखि दुई साता पोखराको अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा बन्द प्रशिक्षण सञ्चालन हुनेछ । नेपाली टोली दक्षिण एशियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसीपको तयारीमा छ । आगामी अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा सो प्रतियोगिता हुने तय भएको छ । टोलीलाई पोखरा विमानस्थलमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, जिल्ला फुटबल सङ्घका अध्यक्ष मिलन गुरुङलगायतले स्वागत गरेका थिए । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ३७ खेलाडीको सहभागिता रहने छन् । साफ आयोजना गर्न नेपालले पनि प्रस्ताव पेश गरेको थियो। दुवै देशको प्रस्ताव अध्ययनपछि साफले माल्दिभ्सलाई आयोजक छानेको हो। नेपाल, भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्स गरी पाँच देशले भाग पक्का भइसकेको छ। भुटानले भाग लिने विषयमा निर्णय गरिसकेको छैन। पाकिस्तान फिफाको प्रतिबन्धका कारण साफमा सहभागी हुन पाउनेछैन। टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलगायतका अन्य प्रशिक्षकले प्रशिक्षण गराउनेछन् । कोरोना कारण १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा कार्यकारी समितिले माल्दिभ्समा सारेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link