नेकपा एमालेले सिराहाको विष्णुपुर सर्रेअम्बासमा आयोजना गर्न लागेको बहुप्रतिक्षित सचिवालय बैठक स्थगित भएको छ ।

सबै तयारी पूरा भए पनि लगातारको वर्षाको कारण बैठक स्थगित गरिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।

पार्टीको चौथो महाधिवेशन आयोजना गरिएको घरमा ३४ वर्षपछि सचिवालय बैठक आयोजना गर्न लागिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी हुन विराटनगर पुगिसकेका भएपनि बैठक स्थगित भएको हो ।

एमालेले २०४६ सालमा अम्बासको एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो। त्यसैको सम्झना अहिले त्यहाँ सचिवालय बैठक आयोजना गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link