त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्था (आईओई) ले चार वर्षे स्नातक तहको शुल्क एकैपटक ३ लाखबाट बढाएरपछि विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् ।
शुल्क एकैपटक बढाएर ७ लाख पुर्याएपछि त्यसको विरोधमा एमाले निकट अनेरास्ववियुले मन्त्री क्वाटर बाहिर मन्त्रीहरुको गाडी रोकेर प्रदर्शन गरेको छ ।
पुञ्चोक पुगेर अनेरास्ववियु निकट विद्यार्थीहरुले ‘विद्यार्थी सबै खाडीमा, मन्त्रीहरु गाडीमा’ भन्दै नाराबाजी समेत गरेका थिए ।
यसअघि इन्जिनियरिङ स्नातक तहको नियमिततर्फ ३५ हजार शुल्क कायम गरिएको थियो भने, हाल उक्त शुल्क बढाएर ८२ हजार ७२० रूपैयाँ कायम गरिएको छ । त्यस्तै, पूर्ण शुल्कतर्फ ३ लाख ३० हजारलाई बढाएर ७ लाख ७५ हजार पुर्याइएको छ ।




