साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो खेलमा जित निकालेको छ। सिटीले आइतबार शेफिल्ड युनाइटेडलाई २-१ गोलले हरायो।

सिटीलाई जिताएर शीर्ष स्थानमा पठाउनको लागि रोड्रिले खेल सकिन दुई मिनेट बाँकी गोल गरे।

जेडेन बोग्लेले ८५ मिनेटमा बराबरी गोल गर्दै शेफिल्डलाई खेलमा फर्काएका थिए। तर तीन मिनेटपछि स्पेनका मिडफिल्डर रोड्रिले ग‍ोल गर्दै सिटीलाई जित दिलाए।

एर्लिङ हालान्डले पहिलो हाफको पेनाल्टीमा गोल गर्न सकेनन्। ब्रेक पछि ज्याक ग्रेलिसको क्रसमा उनले गोल गर्दा सिटीले अग्रता लियो ।

यो जित पेप गार्डियोलाको प्रिमियर लिगमा २००औं जित हो। पहिलो सिजन २०१६-१७ मा प्रशिक्षक बनेपछि सिटीले पहिलो तीन खेल जितेको पनि यो पहिलो पटक हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link