बर्जु गाउँपालिका-६ बेलाहा टोल बस्ने १८ वर्षीय किशोरलाई कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने गोली १ राउण्डसहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरले घरमा हतियार राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले आइतबार राति उनको कोठाबाट उक्त पेस्तोल र गोली बरामद गरेको थियो ।

तत्काल फरार ती किशोरको खोजी गर्ने क्रममा बर्जु गाउँपालिका-५ स्थित आफन्तको घरमा बसिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link