प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गठबन्धनलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले समिति गठन गर्दा राप्रपासँग बनेको सहमतिको वातावरणले कोशीमा सरकार गठन र पूर्णतामा सहजता आउने विश्वास व्यक्त गरे ।
उनले यस विषयमा दलहरुबीच सकारात्मक ढंगले छलफल हुने भन्दै सरकार फेल नखाने बरु सफल हुने तर्क गरे ।
यसअघि मंगलबार नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समितिको नेतृत्व लिँदा कुनै प्रकारको अन्य सहमति नभएको धारणा राखेका थिए ।