पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जोर्तेको उकालोमा गुडिरहेका बेला पहिरोले च्यापेको हो ।

जीपमा सवारमध्ये ८ जनाको उद्दार गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ। गाडी भित्र अझै २ जना च्यापिएको अवस्थामा रहेकाले निकाल्न नसकिएको प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत विवरण आउन बांकी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link