एसिया कपको खेलमा नेपाल आयोजक पाकिस्तानसँग २३८ रनले पराजित भएको छ । पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १०४ रन बनाएर अलआउट भयो । पाकिस्तानी बलरसामु निरीह बनेको नेपाली खेलाडीहरूले २३.४ ओभरमात्र खेल्न सक्यो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए। आरिफ शेख २६ र गुल्सन झा १३ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजबंशी शून्यमै पेभेलियन फर्किएका थिए ।

नेपाली खेलाडीलाई निरीह बनाउन सादव खानले ४ विकेट लिए। त्यस्ते साहिन शाह अफ्रिदी र हरिस राउफले दुई-दुई विकेट लिए भने नसिम शाह र महोम्मद नावाजले एक-एक विकेट लिए ।

त्यसअघि बाबर आजम र इफ्तिखर अहमदले सतक बढीको पारी खेलेपछि पाकिस्तानले नेपाललाई विशाल रनको लक्ष्य प्रस्तुत गरेको थियो । निर्धारित ५० ओभरको खेलमा पाकिस्तानले ६ विकेट गुमाएर ३४२ रनको विशाल रन खडा गरेको थियो  ।

पाकिस्तानका लागि बाबरले व्यक्तिगत १९औं सतक बनाउँदै १५१ रनमा आउट हुँदा इ फ्तिखरले नेपालविरुद्ध १०९ रन बनाउँदै एक दिवसीयमा पहिलो सतक प्रहार गर्दै अविजित रहे । उनीहरूले २१४ रनको साझेदारी खेलेका थिए।

त्यसअघि आघा सलमान ५ रन, मोहम्मद रिजवान ४४ रन इमान उल हक ५ रन र फखर जमान १४ रनमा आउट भएका थिए । सुरुवाती चरणमा राम्रो प्रदर्शन गरेका नेपाली खेलाडीहरू ४० ओभरपछि बाबर र इफ्तिखरको ब्याटिङसामु निरीह बनेका थिए ।

नेपालका लागि सोमपाल कामीले दुई र करण केसी र सन्दीप लामिछानेले एक-एक विकेट लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link