नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा शुक्रबार बहराइनविरूद्ध सानदार जित हात पारेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले शुक्रबार बहराइनविरूद्ध १० विकेटको जित हात पारेको हो ।  बहराइनले दिएको ३१ रनको लक्ष्य नेपालले २.५ ओभरमै पूरा गरेको हो ।

नेपालका लागि कविता कुँवरले १७ र सीता राना मगरले २ रन प्रहार गरे। नेपालले १३ रन एक्स्ट्राबाट बटुलेको थियो । यसअघि नेपालले बिहीबार घरेलु टिम मलेसियामाथि ५ रनको जित निकालेको थियो । नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले ९ विकेटको क्षतिमा ७९ रन मात्र जोड्न सक्यो ।

मलेसियामा सुरु प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन् । विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link