शनिबार बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । मंसिरमा गर्ने गरी नयाँ कार्यतालिका ल्याएको छ। महामन्त्री पूर्णबहादुर खड्काले प्रस्ताव गरेको महाधिवेशनलगायतका प्रस्तावहरू केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो। भदौ १६ देखि १९ गतेसम्म गर्ने भनिएको महाधिवेशन तीन महिना पर धकेलिएको छ। केन्द्रीय समिति बैठकको निर्णय अनुसार अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका छ । वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।

यस्तो छ महाधिवेशनको कार्यतालिका:

१. क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने: २०७८/५/२

२. निर्वाचन निर्देशिका बुझाउने: २०७८/५/२

३. वडा अधिवेशन : २०७८/५ / १८

४. गाउँ/नगर पालिका: २०७८/५/ २७

५. प्रदेश क्षेत्र क/ख: २०७८/ ६/१

६. संघीय निर्वाचन क्षेत्र : २०७८/६/ ५

७. जिल्ला : २०७८/६/१०

८. प्रदेश: २०७८/७/१०-१२

९. केन्द्रीय : २०७८/८/ ९-१३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link