सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकाको आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’(बीआरआई) बाट देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताए ।

सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी धेरै लिने भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने उनकाे भनाइ थियाे । उनले एमसीसीको बारेमा धेरै चर्चाहरु चलिरहेकोमा बीआरआईको बारेमा पनि जनतालाई बुझाएर राष्ट्र र जनतको हितमा प्रयोग गर्न आग्रह गरे ।

भौगोलिक विकटताका बाबजुत पनि उत्तरी नाकाबाट रेल सञ्चालन गर्न सकिने, चीनको मार्ग भएर देशका उत्पादन निर्यात गर्न सकिने भनाइ उनले राखे । यसैगरी उनले नेपाल बाह्य ऋणबाट मुक्त हुनुपर्ने पनि धारणा राखे। देशलाई सम्पन्न बनाउन सबै राजनीतिक दलहरु मिल्नुपर्ने पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link