नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले अब वर्तमान सरकारको विकल्प खोज्नुपर्ने समय भएको बताएका छन् । आइतबार हेटौंडामा पत्रकारहरूसँग कुराकानी गर्दै नेता कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुँदा मात्र देशमा लोकतन्त्र र राष्ट्रियता बलियो हुने दाबीसमेत गरे ।

उनले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल अराजक हुँदै गएको र जातीय, धार्मिक तथा सामाजिक सहिष्णुता भड्काउन खोजेको आरोप लगाए ।

‘देशमा द्वन्द्व गराउने र द्वन्द्व निम्त्याउने प्रयास भइरहेकाले प्रधानमन्त्रीको अभिव्यक्तिले देशलाई अप्ठ्यारो पारिरहेको छ,’ वरिष्ठ नेता काइरालाले कांग्रेसकै समर्थनमा निर्माण भएको हालको सरकार परिवर्तन गर्ने वा नगर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताए ।

प्रधानमन्त्री दाहालकै कारण धरान घटना भएको उनको टिप्पणी छ । ‘प्रधानमन्त्रीज्यूले आदिवासी जनजातिको कार्यक्रममा हामीलाई भोट दिनुस् हामी जातीय राज्य दिन्छौं भनेर बोलिरहनुभएको छ । सुर्खेतमा गएर एक केही महिनाअघि दुई लाख मानिस सडकमा उतार्छौं भन्नुभयो । प्रधानमन्त्रीकै अभिव्यक्तिले धरानमा घटना घट्न पुगेको हो,’ उनले धरानमा धार्मिक लडाइँ नभई जातीय द्वन्द्व भएको दाबी गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link