एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको खेलमा पाकिस्तानले भारतसँग लज्जास्पद हार ब्यहोरेको छ । भारतले यो खेलमा पाकिस्तानलाई २ सय २८ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । ३५७ रनको लक्ष्य पछ्याएको पाकिस्तान ३२ ओभरमा एक सय २८ रनमा अलआउट भयो ।

भारतका कुलदिप यादव एक्लैले ५ विकेट लिए । पाकिस्तानका फकार जमानले २७ तथा इफ्तिखर अहमद र आघा सलमानले समान २३ रन जोडे ।

त्यसअघि टस हारेर ब्याटिङको जिम्मा पाएको भारतका लागि विराट कोहलीले एक सय २२ र केएल राहुलले एक सय ११ रन जोडेका थिए ।

यो खेलमा भारतले पाकिस्तानविरुद्ध दुईवटा कीर्तिमान बनाएको छ। सर्वाधिक रनको लक्ष्य र सर्वाधिक रनअन्तरको जितको कीर्तिमान बनाएको हो । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि भारतले पाकिस्तानमाथि बढीमा १ सय ४० रनको जित हात पारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link