उनका अनुसार चिनियाँ राष्ट्रपति शीसँग हाङजाओमै भेटवार्ता हुनेछ । लगतै उनी १९औं एसियन्स गेम्सको उद्घाटन समारोहमा पनि सहभागी हुनेछन् ।
२५ सेप्टेम्बरमा आफ्ना चिनियाँ समकक्षीसँग बेइजिङमा भेटवार्ता गर्ने तय भएको उनले सुनाए । चोङकिङ महानगरका साथै तिब्बतको भ्रमण गरेर फर्किने आफ्नो कार्यक्रम रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘कोभिड महामारीपछि प्रधानमन्त्रीको हैसियतमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीनको द्धिपक्षीय सम्बन्ध थप मजबुत बनाउनुका साथै नेपालको पूर्वाधार विकास, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा छिमेकीको सहयोगबारे छलफल हुनेछ ।’
कोभिडका कारण नियमित हुन नसकेका व्यापार र सीमा नाकाहरु खोल्ने विषयमा समेत कुराकानी गर्ने उनले बताए । आफ्नो भ्रमणबाट दुई देशको सम्बद्ध थप सुदृढ हुनुका साथै आपसी सहयोगका क्षेत्रहरु थप विस्तारित हुँदै जाने विश्वास लिएको प्रधानमन्त्री दाहालले बताए ।