दधिराम खतिवडा, अमेरिका
युवा कवि मोतीराम भट्टको १५७ औँ जन्मजयन्तीका अवसरमा अमेरिकामा बृहत खुल्ला रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । केन्टकी साहित्य परिवारद्वारा आयोजित उक्त साहित्यिक कार्यक्रमको अध्यक्षता केन्टकी साहित्य परिवारका संयोजक बद्रि दाहालले गरेका छन् । भने श्रृङगार रसयुक्त गजलका साथ धाराबाहिक ढंगबाट खेम रेग्मीले ऐतिहासिक सभाको सन्चालन गरेका थिए । कार्यक्रमको उद्घाटन हरेकृष्ण भेटवाल र गोबिन्द लुइँटेलले संयुक्त रूपमा मोतिराम भट्टको तस्बिरमा माल्यअर्पण गरेका छन् ।
केन्टकी राज्यको लुइभिर र लेक्जिन्टन सहर वरपर बसोबास रहेका नेपाली डायस्पोराका साहित्य अनुरागी महानुभावहरूको
उपस्थिति रहेको थियो । कार्यक्रमका श्रृङगारिक भाव धाराका युवा कवि मोतीराम भट्टको संक्षिप्त ब्यक्तित्व र कृतित्वमाथि दधिराम खतिवडाले चर्चा गरे । कार्यक्रममा प्रभुद्द ब्यक्तित्व शिब दाहालले कवि भट्टको बारेमा आफ्नै प्रकाशित कविता संग्रहबाट कारूणिक कविता वाचन गरेका थिए । त्यसैगरी कवि थोमस बास्तोलाले पनि आफ्नै प्रकाशित कृति कविता संग्रहबाट तिज बिशेषको कविता प्रस्तुत गरे ।
यस्तै कार्यक्रममा गजलकार जीवन निरौलाले श्रृङगारिक, प्रेमिल र हास्य रसले भरिपुर्ण सान्दर्भिक गजल वाचन गरेका थिए । यसबीचमा बद्रि
दाहालले रोचक तरिकाले छन्दमा कविता र गजल प्रस्तुत गरे । त्यस्तै जमुना खरेल पौड्यालले पनि छन्दमा कविताको प्रस्तुति गरेकी थिइन् । उनले क्यान्सर रोगसँग सङघर्ष गरिरहेकी चर्चित छन्द श्लोक वाचिका सरू गुरागाइँलाई आर्थिक सहयोग रकम समेत हस्तान्तरण गरेकी थिइन ।
केन्टकी साहित्य परिवारको तर्फबाट गुरागइँको स्वास्थ्य लाभको कामना ब्यक्त गरियो । कार्यक्रममा आयोजक समितिका प्रमुख खेम रेग्मीले आफ्ना अत्यन्तै मिठा, गहकिला, सुमधुर, हास्य तथा श्रृङगारिक गजल पस्केका थिए ।
अतिथिद्वय डम्बरु पौडेल किशोर सुवेदी नवराज अधिकारी हरिकृष्ण भेटवालले मिठाे श्लोक वाचन गरेका थिए । साे क्रममा राम
आचार्यले गजल प्रस्तुत गरे । कार्यक्रमको औपचारिक समापन सभापति बद्रि दाहालले गरेका थिए ।