नेपाली कांग्रेसको आजदेखि सुरु हुँने केन्द्रीय कार्यसमिति बैठकमा सरकार सञ्चालनकाे समिक्षा वार्षिक कार्यतालि कार्यान्वयन मंसिरमा हुने महासमिति बैठक लगायत एजेन्डामा छलफल हुने भएकाे छ । कांग्रेसकाे मंसिर १३ देखि १५ सम्म काठमाडाैंमा महासमिति बैठक बस्ने छ ।

यस्तै बैठकमा बीपी साहित्य महोत्सव, साउन २० देखि ३० सम्मको संगठन सुदृढीकरणको समीक्षाका साथै समसामयिक विषयमा छलफल हुने छ । बैठकमा नेता शेखर काेइराला समुहले भने सरकार सञ्चालनकाे प्रभावकारीता माथि प्रश्न उठाउने भएकाे छ । त्यस्तै पार्टी सभापति शेरबहादुर देउवा एकलाैटी रूपमा बढेकाे भन्दै कडा आलाेचना गर्ने रणनीति बनाएकाे छ । काेइराला समुहकाे मंगलबार बसेकाे छुट्टै बैठकले सभापति देउवा विधान विपरित एकलाैटी बढेकाे निश्कर्ष निकालेकाे थियाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link