उनले भने ३५ प्रतिशत सटरहरु आज बन्द रहेको व्यवसायीले भनेका छन् । खाद्यान्नमा महँगी १४ प्रतिशत बढेको छ ! एक बोरा चामलमा तिन समयसम्म बढेको छ । बैठकले निर्णय गरेर मात्रै भएन, सरकारलाई यो काम गर सभापतिले भन्नसक्नुपर्यो ।
उनले भ्रातृ संस्थाको अधिवेशनमा आशंका राख्दै सभापति शेरबहादुर देउवासँग जवाफ पनि मागेका छन् ।
‘एक हजारको कमीटी बनाएर अधिवेशन सम्भव हुनसक्छ?’ उनले सभापतिसँग सोधे,‘उनीहरु अधिवेशनका प्रतिनिधि हुन्छन् कि प्रर्यवेक्षक हुन्छन् कि, छेउ किनारामा बसेर टुलुटुल हेरेर बस्ने हुन्छन्?’
अनुशासन समितिले पद्धति भन्दा बाहिर गएर आफूखुसी निर्णय गरेको उनले गुनासो गरे । अनुशासनको कारबाही गर्दा त्रुटी भएको पौडेलले बैठकमा उल्लेख गरे ।




