नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले हिन्दु राष्ट्रको पक्षमा उभिन प्रस्ताव गरेका छन् ।

केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै सदस्य पराजुलीले हिन्दु राष्ट्रको पक्षमा आफ्नो धारणा व्यक्त गर्दै हाम्रो पार्टीले धर्मसंस्कृति विभाग गठन गर्ने  बताएका छन् । उनले भने धरानमा नेपालको संविधानको बर्खिलाप खुलेआम गौहत्या जस्ता जघन्य अपराधका घटनाहरू घटेका छन्‌ ।

कांग्रेसकै कारणले माओवादीको प्रधानमन्त्री र गृहमन्त्री भएको अवस्था पनि दिनदहाडै सहमहामन्त्री महेन्द्र यादवमाथि ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार भएको बताए । काँग्रेस सरकारमा छ वा छैन भन्ने कार्यकर्ताले बुझ्न सकिरहेका छैनन्‌ यस सन्दर्भमा सरकार मा सम्मिलित नेताहरूको धारणा के हो प्रष्ट पार्नुपर्ने उनकने माग छ ।

सुन प्रकरणमा नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम सबै समाचार माध्यममा पनि गृहमन्त्रीले कांग्रेसका नेताहरूलाई छानिछानी दुःख दिने नियतले अगाडि बढेको आरोप लगाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link