काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ ।सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै ओली पक्षले कारबाही थालेको हो । राजनीतिक दलसम्बन्धी ऐन दफा २८ (१) बमोजिम कार्य नगरी दलको ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरिएको एक नेताले बताए । उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको स्रोतले जनाएको छ ।

कारवाहीमा पर्ने सांसद यसप्रकार छन् ।
१. माधव नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. विरोध खतिवडा
५. कृष्णलाल महर्जन
६. भवानी खापुङ
७. मेटमणी चौधरी
८. रामकुमारी झाँक्री
९. कल्याणी खड्का
१०. लक्ष्मीकुमारी चौधरी
११. निरादेवी जैरु
१२. पुष्पाकुमारी कर्ण
१३. सरला यादव
१४. कलिला खातुन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link