संसदमा पेस गरिएको शिक्षा विधेयक सच्याउनुपर्नेमा नेपाली कांग्रेस पुगेकाे छ । कांग्रेस केन्द्रीय समिति बैठकले संसदमा पेश भएकाे शिक्षा विधेयक सच्याउने निश्कर्षमा पुगेकाे हाे । कांग्रेस महामन्त्री गगन थापाले शिक्षा विधेयक करेक्सन गर्नु पर्ने बताएका छन् । शिक्षा विधेयकलाई सच्याउन कांग्रेसले आफ्ना पार्टीका सांसद र नेताहरुसँग सामूहिक छलफल गर्ने तयारी गरेकाे छ । महामन्त्री थापाले कांग्रेस संसदमा सबैभन्दा ठूलो पार्टी भएकाले नाताले उसले हरेक विधेयकलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
महामन्त्री थापाल भने नेपाली कांग्रेस संसदको ठूलो पार्टी हो । त्यो भएको हिसाबमा नेपाली कांग्रेस यो संसदमा केही काम गरिदियोस् भन्ने तपाईंका मागहरु छन्, जुन जायज छन् । शिक्षा विधेयक भर्खर संसदमा दर्ता भएको छ । कांग्रेसका सांसदहरु, कांग्रेसका केन्द्रीय सदस्यहरु बसेर यो विधेयकलाई हामी कसरी परिस्कृत र समृद्ध बनाउन सक्छौं भनेर छलफल गर्छौं । मुस्लिम समुदायले केही महत्त्वपूर्ण विषयहरु उठाउनुभएको छ, जुन मदरसा शिक्षासँग सम्बन्धित छ। हामी संसदको सबैभन्दा ठूलो पार्टी हो । हामीले सच्याउन चाहँदा यो सच्चिन्छ। यसलाई हामीले सच्याउनु पर्दछ । निर्वाचन कानुन केही दिनपछि संसदमा आउँछ । हामीले बनाउनु पर्नेछ ।