एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपाल क्वार्टारफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को विजेता  भन्दै नेपाल अन्तिम आठमा पुगेको हो ।
लगातार दोस्रो खेलमा जित निकाल्ने क्रमम नेपालले आइतबार झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गर्‍यो ।

आइतबार नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स २ बल खेल्न बाँकी छदा ७४ रनमा अलआउट भयो । माल्दिभ्सका इस्माइली ३ रन र अजिन शून्यमा आउट भए । फरिदले १० रन जोडे भने घानी अब्दुलले सबैभन्दा बढी ३६ रन जोडे । घानीले ३४ बलमा २ चौका र २ छक्का हिर्काए । माल्दिभ्सका ६ ब्याटर शून्यमा आउट भए ।

बलिङमा नेपालका अभिनास बोहराले ६ विकेट लिन सफल भए । उनले ३.४ ओभरमा ११ रन खर्चिए । सन्दीप लामिछाने, गुल्सन झा, सोमपाल कामी र कुशल भुर्तेलले १-१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २१२ रन जोड्यो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे । उनले २७ बलमा समान ३-३ चौका र छक्काको मद्दतमा ५२ रन जोडे ।

गुल्सन झाले २१ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३५ रन जोडे । कुशल मल्लले नटआउट ४७ रन जोडे । मल्लले २० बलमा ३ चौका र ३ छक्का हिर्काए ।

नेपालका ओपनर कुशल भुर्तेलले एलबिडब्लूको धरापमा पर्नुअघि १८ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३५ रन जोडे । त्यसअघि अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए । विनोद भण्डारी १५ बलमा १३ रन, सन्दीप जोरा ५ रन र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए । बलिङमा माल्दिभ्सका बाडेउले ३ विकेट लिन सफल भए । अब अन्तिम आठमा नेपालले भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link