दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुलेकाे छ । सोमबार बिहानैबाट नयाँ बसपार्क, कलकी, कोटेश्वर, चाबहिल छेत्रमा टिकट बुकिङ गर्ने यात्रुको भिड लागेको छ । दशैं सुन हुँन एक साता पनि बाँकी छैन । लामाे दूरीका बसकाे टिकट लिन यात्रुकाे घुइँचाे लागेकाे छ ।
टिकट कालोबजारीमा बिक्री हुन नदिन अनुगमन तीव्र पारिने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताए । त्यस्तै, काठमाडौ महानगरपालिकाको सहयोगमा १० सहित १६ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । जहाँ प्रहरी,यातायात व्यवस्था विभागका कर्मचारी लगायतले यात्रुलाई परेको समस्या समाधान गर्न सहयोग गर्ने छन् । त्यस्तै यात्रुले नागरिक सहायता कक्षमा गएर टिकट बुकिङ भएको समस्या र गुनासा राख्न सक्ने छन् ।