इजरायलबाट २५४ नेपाली विद्यार्थी स्वदेश फर्काइएकाे छ । नेपाल सरकारले नेपाल एयर लाइन्सकाे चार्टर्ड विमानबाट शुक्रबार बिहान काठमाडाैं ल्याइ पुर्याइएकाे हाे । स्वदेश आएपछि उनीहरुले खुसी व्यक्त गर्दै सरकारलाई धन्यवाद दिएका छन् ।

नेपाली विद्यार्थीले इजरायलको द्वन्द्व क्षेत्रमा निकै खतरा रहेकाले अन्य नेपालीहरूलाई पनि छिटो नेपाल ल्याउनुपर्ने बताएका छन् । आफूहरू इजरायलमा बस्दा बाँच्ने सम्भावना नै नदेखिएको उनीहरूको भनाइ छ । इजरायलका केहि ठाउँमा बंकर समेत नहुँदा आफूहरु त्रसित हुने गरेको विद्यार्थीहरूले भावुक हुँदै सुनाएका थिए ।

खाना र पानी सकिएपछि आफूहरुको अवस्था झन नाजुक बन्दै गएपछि दूतावासलाई पटकपटक मेल गरको उनीहरुले बताए । सेकेण्ड सेकण्डमा भएको बम आक्रमणपछिको अवस्था वर्णन नै गर्न नसक्ने उनीहरुको भनाइ छ ।

नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट उनीहरूलाई नेपाल ल्याइएको हो । इजरायलमा फसेका नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरू इजरायल गएका थिए।

परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिएका छन्।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link