संजेल फाउण्डेशनले हरेक वर्ष प्रदान गर्दै आएको नारायण संजेल स्मृति पुरस्कार यस वर्ष झापाकाे ताेपगाछी स्थित महेन्द्र रत्न माविका छात्र छात्रालाई प्रदान गरिएकाे छ ।

महेन्द्र रत्न माविको ५६ औं वार्षिक उत्सवकाे अवसरमा आयाेजित कार्यक्रममा उक्त विद्यालयका ४ जना छात्र छात्रालाइ उक्त छात्रवृति प्रदान गरिएकाे हाे । संजेल फाउन्डेशनले हरेक बर्ष  उत्कृष्ट छात्र छात्रालाई छात्रवृति प्रदान गर्दै आएकाे छ । याे वर्ष ४ जना छात्र छात्राले जनहि १० हजारका दरले ४० हजार रूपैयाँ पाएका  छन् ।

यस विद्यालयको २०७९ को एस.ई.ई. परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल छात्रा सलिना कर्माकार तथा छात्र निश्चल बानियाँ र वार्षिक परीक्षामा सर्वोत्कृष्ट  अंक ल्याउँन सफल छात्रा गोमा श्रेष्ठ तथा छात्र प्रवेश कालो उक्त पुरस्कार‌बाट पुरस्कृत भएका हुन् ।

स्वर्गीय नारायण संजेलकाे दाेस्राे स्मृतिकाे अवसर आयाेजित कार्यक्रममा तोपगाछी धरमपूर मैत्रि समाजका सचिव यज्ञ न्यौपाने‌ त्यस्तै समाजका सल्लाहकार तथा विशेष अतिथि मोहन वाग्ले प्रमुख अतिथि कमल गाउँपालिका अध्यक्ष हुकुम सिँह राइ लगायतकाे सहभागीता रहेकाे थियाे । महेन्द्र रत्न माविका प्रधान अध्यापक बालकृष्ण संग्रौला तथा अध्यक्ष राईले उक्त पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा  तोपगाछी धरमपूर मैत्रि समाजका सचिव यज्ञ न्यौपाने‌ स्व. संजेलले समाजमा पुर्याएकाे याेगदानकाे चर्चा गरेका थिए । उनले स्वर्गिय संजेलले महेन्द्र रत्न स्कूलमा आफ्नाे वाल्यकाल विताएकाे स्मरण गरे । संजेलकाे तीन वर्ष अगि काेराेना भाइरस संक्रमणका कारण दुःखद निधन भएकाे थियाे ।

स्वर्गिय नारायण संजेल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link