स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले कैलालीको गेटा स्थित गेटा अस्पताल ( प्रस्तावित दशरथचन्द चिकित्सा विश्वविद्यालय ) को आइतबार निरीक्षण गरेका छन् ।
साे अवसरमा मन्त्री बस्नेतले यो वर्ष १०० सैयाको अस्पताल संचालन गरेर अर्को वर्ष थप २०० सैया थप गरेर ३०० सैयाको अस्पताल संचालन गर्न सकिए दुई वर्ष पछि एमबिबिएसको पढाई सुरु गर्न सकिने बताए ।
मन्त्री बस्नेतले सुदूरपश्चिममा आउन चिकित्सक नमान्ने गरेको अनुभव सुनाउँदै चिकित्सकहरुलाई यहीँ बस्ने वातावरण बनाउन प्रदेश सरकार र स्थानीय सरकारले प्रोत्साहन भत्ताको ब्यबस्था गर्नु पर्ने बताए ।
५ वर्ष भित्र यहि जनशक्ति उत्पादन हुन थाले पछि सुदूरपश्चिमले स्वास्थ्यमा फड्को मार्ने बस्नेतकाे भनाइ छ । स्वास्थ्य मन्त्रालयका सचीव डा. रोसन पोखरेलले गेटा, डडेलधुरा मेडिकल कलेज र सेती अस्पताल बिच सहकार्य हुन सके छिट्टै काम अगाडि बढ्ने बताए ।
गेटा अस्पतालका निर्देशक डा. प्रमोद जोशीले उत कार्तिक पहिलो हप्ताबाट ओपिडि सेवा सहित एक्सरे, ल्याब सहितको सेवा संचालित रहेको जानकारी गराए । उनले सुरुमा १०० सैयाको अस्पताल संचालन गर्ने गरि काम अगाडि बढाइएको बताउदै भबिश्यमा ३०९ शैया संचालन गर्ने योजानाका साथ काम भइरहेको डा. जोशीले बताए ।