अनिल शाह र आशिफ शेखको अर्धशतक प्रहार गर्दा नेपालले नेदरल्याण्ड्सविरूद्ध सानदार जित निकालेको छ । आइसिसी लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा १३८ रनको झिनो लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो।

दुई खेलाडीले अर्धशतक प्रहार गरेको खेलमा नेपाल ९ विकेटले विजयी भएको हो । ओपनर कुशल भुर्तेलको विकेटपछि मैदान आएका अनिल शाहले १२.३ ओभरमा आर्यन दत्तको बलिङमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । ३६ बल खेलेका अनिलले ६ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ५७ रन बनाए ।

यसअघि क्यानडाविरूद्धको खेलमा शतक प्रहार गरेपछि अनिललाई लिग-२ अन्तर्गतको त्रिदेशीय सिरिज खेल्ने टिममा समावेश गरिएको थियो । आशिफ शेखले १४.४ ओभरमा अर्धशतक पूरा गरेका हुन् । उनले ४५ बलमा ८ चौका र १ छक्का प्रहार गरी नटआउट ५४ रन बनाए ।ओपनर कुशल भूर्तेल ११ बल खेल्दै २८ रन प्रहार गरेर आउट भएका थिए ।

तेस्रो ओभरमा किंग्माको बलमा बास दे लिडबाट क्याच आउट हुनुअघि उनले २ चौका र ३ छक्का प्रहार गरेका थिए । यसअघि नेपालको उत्कृष्ट बलिङमा नेदरल्याण्ड्स १३७ रनमा अल आउट भएको थियो ।

आइसिसी लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ३९ ओभरमा अल आउट गरेको हो । नेदरल्याण्ड्सलाई सस्तोमा अल आउट गर्न कुशल भूर्तेलले सर्वाधिक ४ विकेट लिए । उनले ७ ओभर बलिङ गर्दा २० रनमात्रै खर्चिए ।

नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डले सर्वाधिक ३३ रन बनाए । ४९ बल खेलेका उनलाई कुशल भूर्तेलले ३४.२ ओभरमा आउट गरेका हुन् । सिब्रान्ड एंगलब्रेथले ३५ बलमा ३ चौका हानेर २३ रन बनाए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link