अनलाइन क्यासिनो खेलाएको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीका २४ वर्षीष नितेश हरिजन, २५ वर्षीय आकाश मिश्र, २७ वर्षीय प्रतीक बस्याल, २९ वर्षीय रामु गिरी, २२ वर्षीय अभिषेक जैसवाल र झापाका २९ वर्षीय सजल श्रेष्ठ छन् ।

उनीहरुले उल्फ ७७७ नामक क्यासिनो एपमार्फत बेटिङ गराएको प्रहरीको दाबी छ । पक्राउ परेका हरिजनले आफूले बेटिङमा पैसा हार्दै गएपछि एजेन्ट मोहितसेन ठकुरीले बैंक खाताहरु उपलब्ध गराए त्यसमा जम्मा हुने रकमको ०.७५ प्रतिशत कमिसन दिने र अन्य व्यक्तिको बैंक खाता दिए त्यसमा जम्मा हुने रकमको ०.५ प्रतिशत रकम कमिसन दिने बताएको बयान दिएका छन् ।

त्यसपछि विजय जैसवालमार्फत प्रतीक बस्याल, रामु गिरी र आकाश मिश्रसँग कुराकानी गरी उनीहरुको खाता बेटिङको रकम जम्मा गर्न प्रयोग गरेको बयान दिएका छन् । हरिजन रुपन्देहीस्थित महादेव इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक हुन् ।

यता पक्राउ परेका आकाश मिश्रले विजयले टाइगर प्यालेस रिसोर्टमा क्यासिनोको एउटा टेबल एक वर्षका लागि बुक गरेको भनेकाले धेरै आर्थिक कारोबार लुकाउन ०.२५ कमिसन दिने प्रलोभन देखाएर आफ्नो बैंक खाता प्रयोग गरेको बयान दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link