प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्रै पारित गरेर प्रतिनिधि सभामा पेस गर्ने तयारी गरेको छ ।

सभापति अम्मरबहादुर थापाले विधेयकमाथि छलफलका लागि समिति अन्तर्गतको परामर्श तथा समन्वय उपसमितिलाई क्रियाशील बनाएका छन्। जसमा समितिमा रहेका सबै दलका मुख्य मुख्य सांसद सदस्य छन् । विधेयक टुङ्गो लगाउन कानुन मन्त्रलाय र शिक्षा मन्त्रालयका प्रतिनिधिलाई समेत सहभागी गराएर अनौपचारिक छलफल तीव्र पारिएको छ ।

सरकार र शिक्षकहरूबीच असार १५ गतेभित्र विधेयक पारित गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार सरकार र संसदले विधेयक निर्माणको काम तीव्र पारेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link