
१६ वर्षपछि विश्व भाषा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन हुँने भएकाे छ । विश्व भाषा क्याम्पसमा २०६५ सालपछि अहिलेसम्म स्ववियु निर्वाचन नभएको भन्दै नेपाल विद्यार्थी संघ विश्व भाषा क्याम्पसका नेता सुभास भण्डारीले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उक्त रिट माथि सुनवाइ गर्दै उच्च अदालत पाटनले पूर्णपाठ आएको १५ दिन भित्र स्ववियु निर्वाचन गर्न आदेश गरेको हो । उच्चले गरेको पूर्णपाठ बुधबार आएको छ ।
आदेश अनुसार १५ दिन भित्र निर्वाचन गरिसक्नु पर्ने छ । उक्त रिटको पक्षमा अधिवक्ता ईश्वर देवकोटा र मुकेश सेनचुरीले बहस गरेका थिए । अदालतको आदेश सार्वजनिक भएसँगै अब १६ वर्षपछि बिश्व भाषा क्याम्पसमा स्ववियु निर्वाचन हुने पक्का भएको हो । विश्व भाषा क्याम्पसमा अखिल क्रान्तिकारीले स्ववियु निर्वाचन गर्न अवरोध गर्दै आएको छ । जसका कारण १६ वर्ष देखि स्ववियु निर्वाचन हुँन सकेको छैन ।