पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको मासु निकालेर विक्री प्रकरणका

्आरोपमा पक्राउ परेका चार जना धरौटीमा रिहा भएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका–२ घर भएका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेको मण्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद भनिने जीवनाथ ढकाल, उदयपुरको कटारी नगरपालिका–८ का २४ वर्षीय विनायक मैनाली र सप्तरीको बलानबिहुल गाउँपालिका–६ का ४१ वर्षीय मिश्रीलाल यादव धरौटीमा रिहा भएका हुन् । काठमाडौं  जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलाले जनही १० हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि उनीहरु धरौटीमा रिहा भएका हु न् ।

राम शाहीको मृत्यु भएपछि २३ साउनमा सद्गद गर्न पशुपति लगिएको थियो । आर्यघाट सेवा केन्द्रबाट जिवनाथ ढकाल र उनका सहयोगी विनायक मैनाली सद्गदका लागि खटिएका थिए । अल्दै गरेको अवस्थामा जिवनाथले टाउकाको हड्डी निकालेर विनायकलाई दिएको बताइएको थियो । विनायकले उक्त हड्डी कपुरको बट्टामा हालेर रामनन्दन र उनको सहयोगी मिश्रीलाललाई दिएको बताइएको छ । यसरी उनीहरूले टाउकाको हड्डी बेचेको आरोप छ ।

मुलुकी फौजदारी अपराध संहिताको धर्मसम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link