कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल)मा मा म्याच फिक्सिङको प्रस्ताव भएको खुलेको छ ।  एनपीएल खेल्ने खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणा रानिमहाल पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको बारबर्दिया नगरपालिका–८ का मगरागडी घर भइ भारतको चण्डिगढ बस्दै आएकी २४ वर्षीया रेविका सिंह ठकुरी छन् ।

उनीहरूलाई प्रहरीले लाजिम्पाटबाट पक्राउ गरेको हो । उनीहरूले एनपीएल खेलिरहेका खेलाडीहरूलाई म्याच फिक्सिङको प्रस्ताव गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतले अनलाइनखबरलाई बताए ।

ती अधिकृतका अनुसार यो समूहले एक खेलाडीलाई रन आउट हुन प्रस्ताव गरेका थिए । रन आउट भइदिएबापत ती खेलाडीलाई एक करोड रुपैयाँ दिने प्रस्ताव गरिएको थियो । तर ती खेलाडीले मानेनन् । यसबारे प्रहरीलाई जानकारी गराए । प्रहरीले यो सबै सूचना लिएपछि म्याचफिक्सिङको प्रस्ताव गर्ने उनीहरू पक्राउ परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link