सिद्धार्थ बैंक प्रिमियर लिग (एनपिएल) मा बिहीबार पनि एउटा मात्रै खेल हुँदैछ । मंसिर १ गतेदेखि सुरू भएको एनपिएलमा आज चितवन राइनोज र लुम्बिनी लायन्स भिड्दै छन् । त्रिवि मैदान कीर्तिपुरमा खेल अपराह्न ४ बजेदेखि सुरू हुनेछ। खेलको दोस्रो इनिङ फ्लडलाइटमा हुनेछ । प्रतियोगितामा लुम्बिनी लायन्सको पहिलो खेल हो । चितवन राइनोजले भने दोस्रो खेल खेल्दैछ ।

पहिलो खेलमा राइनोजले कर्णाली याक्सलाई हराएको थियो । मंगलबार भएको खेलमा कर्णालीलाई ४ विकेटले पराजित गर्दै चितवनले विजयी सुरूवात गरेको थियो ।

कुशल मल्लको कप्तानीमा रहेको चितवनमा विपिन आचार्य, कमल सिंह ऐरी, दीपक बोहरा, रवि बोपारा, रिजन ढकाल, सौगात ढकाल, गौतम केसी, देव खनाल, रञ्जित कुमार, डेविड मलान, अल्पेश रामजानी, अमरसिं रटेउला, विपिन रावल (विकेटकिपर), अर्जुन साउद (विकेटकिपर), सोहेल तनवीर र सैफ जैब समावेश छन् ।

प्रशिक्षक कलाम अली हुन् । लुम्बिनी लायन्स राष्ट्रिय टोलीका समेत कप्तान रहेका रोहित पौडेलको नेतृत्वमा छ । पहिलो संस्करणको एनपिएलमा लुम्बिनीको प्रदर्शन खराब रह्यो।

लुम्बिनीमा यसपालि कप्तान रोहितसँगै दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान छन् ।

टिमलाई भारतीय प्रशिक्षक टिनु योहान्ननले प्रशिक्षण दिँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link