
वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आजै राजीनामा दिने भएका छन् । संसदीय दलको नेतामा डोरमणीको प्रस्तावमा अष्टलक्ष्मी शाक्य सर्वसम्मत चयन भएपछि अब मुख्यमन्त्री परिवर्तन हुने प्रमुख सचेतक दीपक निरौलाले बताए । एमाले उपाध्यक्षसमेत रहेकी शाक्य लामो समयसम्म माधवकुमार नेपाल समूहमा थिइन्।