महन्थ ठाकुर र राजेन्द्र महतो समूहले पनि पार्टीको नयाँ नाम नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल राखेर दिएको छ। यसअघि ठाकुरले नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी (लोकतान्त्रिक) राखेको थियो। आयोगले उस्ताउस्तै नाम भएका पार्टी दर्ता गर्न नमिल्ने बताएका उनीहरूले पार्टीको नाम फेरेर निवेदन दिएका हुन्। उनीहरूले केही दिनअघि जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेश र सोही अध्यादेश बमोजिम बनेको नियमावली अनुसार दल विभाजन गरी नयाँ दल दर्ताको निवेदन दिएका हुन्। प्रस्तावित लोसपाका एक नेताका अनुसार अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेतामा राजेन्द्र महतो र शरतसिंह भण्डारी रहने गरी नयाँ कागजात निर्वाचन आयोगमा बुझाइँदैछ । यसअघि महतोमात्रै वरिष्ष्ठ नेता थिए । अब उनीहरूको दलमा रहेका सदस्यहरूको सनाखतका लागि निर्वाचन आयोगले बोलाउने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link