नयाँदिल्ली । भारतको गुजरातको जुनागढ कृषि विश्वविद्यालयका प्रध्यापक डा.बीए गोलकियाले गाईले दुधमात्र नभइ सुन पनि दिएको जनाएका छन् ।गाईको गहुँत पवित्र मानिन्छ । हिन्दु धर्मका देव तथा पितृ कार्यहरूमा गौमुत्रको ठूलो महत्व छ । विज्ञानले समते गहुँतको सेवनले मानिसका विभिन्न रोगहरू निको हुने भएकाले गहुँतलाई औषधि नै मानेको छ ।धार्मिक तथा आध्यात्मिक रुपमा महत्वपूर्ण मानिएको गाईको गहुँत हुँदाहुँदै आर्थिक रुपमा पनि बहुमूल्य बनेको छ । किनकि गाईको पिसाबमा सुन भेटिएको छ ।विद्यालयको बायोटेक्नोलोजी विभागका प्रमुख गोलकिया आफ्नो चार वर्षअघि गरेको अनुसन्धानका क्रममा तीन सयभन्दा बढी गाईको पिसाबको निरन्तर परीक्षण गरेका थिए ।गौमुत्रको परीक्षण पश्चात वैज्ञानिकहरूले गाईको एक लिटर गहुँतमा तीनदेखि १० मिलिग्रामसम्म सुन निकाल्न सकिन्छ भन्ने नयाँ तथ्य पत्ता लगाएका छन् । उनका अनुसार गहुँतमा लवणको रुपमा सुन पाइन्छ जुन पानीमा घुलनशील हुन्छ ।जुन २८, २०१६ मा इण्डिया अफ टाइम्सले छापेको खबरअनुसार शोधकर्ताहरूले क्रोम्याटोग्राफी मास स्पेक्ट्रोमी विधिको प्रयोग गरी गौमुत्रको परीक्षण गरेका थिए ।शोधकर्ताका अनुसार गाईको साथै उँट, भैँसी तथा भेँडाको पिसाब पनि परीक्षण गरिएको थियो । अन्यको पिसाबमा सुन भेटिएको छैन।

शोधकर्ताहरूले गौमुत्रमा ३ सय ८८ प्रकारका औषधि तत्व समेत फेला पारेका छन् । यी औषधि तत्वमा मानिसको शरीरमा लाग्ने विभिन्न रोग निको पार्ने दाबी शोधकर्ताको थियो ।एजेन्सि सहयोग

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link