यसैगरी धनुषाको गणेशनाथ चारनाथ नगरपालिकाले ८१ लाख सहित २८ नगरपालिकाले २०७७ वैशाख, जेठ र असार महीनाको समेत दोस्रो र तेस्रो चौमासिकको पूरै दिवा खाजाको लागि १४ करोड २१ लाख ६८ हजार ५८२ विद्यालयलाई निकासा गरेको प्रतिवेदनमा उल्लेख छ । महालेखाले बन्द रहेको अवधिको खाजा खर्च यकिन गरी असुल गर्न सुझाव दिएको छ ।
दिवा खाजा कार्यान्वयन निर्देशिका, २०७६ मा दिवा खाजा रकमबाट विद्यालयले नगद वितरण गर्ने व्यवस्था गरेको छैन । नियम विपरीत रौतहटको परोहा नगरपालिकाले यो वर्ष अभिभावकलाई नगद बुझाउने गरी दिवा खाजा बापत एक करोड १७ हजार निकासा दिएको महालेखा परीक्षकले जनाएको छ । नियम विपरीत उक्त रकम अभिभावककले बुझेको भरपाई पेश नभएको प्रतिवेदनमा उल्लेख छ ।