अक्टोबर २३ देखि २५ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय निर्वाचनका लागि पोर्चुगलबाट भिम केसी कमलले युरोप उपसंयोजकमा उम्मेदवारी घोषणा गरेका छन् । बाग्लुङको जैमिनी नगरपालिका २ मा जन्मिएर लामो समय शिक्षण पेशा तथा शिक्षा प्रशासनमा उच्च सरकारी तहमा काम गरेका केसी एनआरएनए अभियानका अलावा व्यवसायी समेत हुन् । उनले पोर्चुगलको सुन्दर टापु मदेइरामा पर्यटन, ट्रान्सपोर्ट र रेष्टुरेण्ट व्यवसाय गर्दै आएका के सी डेढ दशकदेखि एनआरएनए अभियानमा सक्रिय रहँदै एनआरएनए पोर्चुगलको उपाध्यक्ष, अध्यक्ष तथा सल्लाहकार रहेर काम गरिसकेका छन । पोर्चुगलका पूर्वअध्यक्ष भीम केसी डेढ दशकदेखि एनआरएनए अभियानमा सक्रिय रहेका छन् । उनी एनआरएनए पोर्चुगलको अध्यक्ष, उपाध्यक्ष र सल्लाहकारका रूपमा समेत आफ्नो भूमिका निर्वाह गरिसकेका छन् । एनआरएनएको केन्द्रीयस्तरका विभिन्न समिति र कार्यदलमा रहेर काम गरेको उनीसँग अनुभव छ । पोर्चुगल र युरोपमा रहेका नेपाली आप्रवासीहरुको हकहित र अधिकार स्थापित गर्न निरन्तर काम गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link