नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसियन कप-२०२२ को छनोटका लागि २३ सदस्यीय टोली घोषणा गरेका छन् । बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट पाँच खेलाडीलाई रिलिज गर्दै फिलिप्सले उज्बेकिस्तानमा हुने छनोटका खेल्ने टोलीको टुंगो लगाएका हुन् ।एसियन कप छनाेटमा नेपाल समूह एफमा रहेकाे छ । एफ समूहमा फिलिपिन्स र हङकङ छन् ।छनाेट खेलहरु उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ ।नेपालले फिलिपिन्ससँग सेप्टेम्बर १८ मा पहिलाे खेल खेल्नेछ । दोस्रो खेल भने नेपालले हङकङसँग सेप्टेम्बर २१ मा खेल्ने छ । समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष भारतमा हुने एसियन कपमा छनाेट हुनेछ ।

नेपाली टिम :

अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, विमला बिक, विमला चौधरी, दीपा राई, गीता राना, हिरा भुजेल, इन्द्र राई, मन्जली थोकर, निशा थोकर, प्रीति राई, पूजा राना, पुनम जर्गा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु र सिर्जना सिंह

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link