नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको दल दर्ता प्रक्रियाका लागि सनाखत सकियो । माधव कुमार नेपालको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको जनता समाजवादी पार्टीको दुई अलग–अलग पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा सनाखतको काम सकिएको छ । राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार केन्द्रीय समिति वा संघीय सांसदका २० प्रतिशत सदस्यले सनाखत गरेमा आयोगले नयाँ दल दर्ताको प्रमाणपत्र दिने छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्राविधिक समस्या नआए आजै दल दर्ताको प्रक्रिया टुंगो लाग्न सक्ने बताए । जनता समाजवादी पार्टीबाट छुट्टिएर नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गर्न १४ जना सांसद र १६ कार्यकारी सदस्यले निर्वाचन आयोगमा सनाखत गरेका छन्।

      बुधबार १३ जना प्रतिनिधि सभाका सांसद र १ जना राष्ट्रिय सभाका सांसद र १६ कार्यकारी सदस्यले आयोग पुगेर सनाखत गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। जसपाका प्रतिनिधि सभामा ३४ र राष्ट्रिय सभामा तीन जना सांसद छन्। तीमध्ये दुई जना निलम्बनमा परेका छन्। कार्यकारी समितिमा ५१ जना सदस्य छन्। निलम्बनमा परेका सांसद रेशम चौधरीले डिल्लीबजार कारागारबाट मञ्जुरीनामा दिएका थिए। चौधरीसहित प्रतिनिधि सभाका १४ र राष्ट्रिय सभाका एक जना सांसदले नयाँ पार्टी दर्ताका लागि सनाखत गरेका हुन्। १४ जनाले सनाखत गरेसँगै ठाकुर नेतृत्वको लोसपा दर्ता हुने भएको छ। केही समयअघि जारी भएको अध्यादेशअनुसार कुनै दल विभाजन हुन केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत बहुमत पुग्ने व्यवस्था छ। तेस्तै गरि बुधबार नेकपा एमाले विभाजन गरेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्न ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय सांसदले सनाखत गरेका छन्।चार जना संघीय सांसद भने नयाँ पार्टीका पक्षमा सनाखत गर्न निर्वाचन आयोगमा पुगे पनि उनीहरूले सनाखत गर्न पाएनन्। उनीहरूका विषयमा आयोगले निर्णय गर्ने श्रेष्ठले बताए। यी चार जना सांसदको सनाखत नभए नयाँ दल बनाउन चाहनेको संख्या एमालेको संसदीय दलको २० प्रतिशत पुग्दैन। १. माधवकुमार नेपाल २. मुकुन्द न्यौपाने ३. कल्याणीकुमारी खड्का४. विरोध खतिवडा५. जीवनराम श्रेष्ठ६. रामकुमारी झाँक्री७. निरादेवी जैरु८. प्रेमबहादुर आले९. मेटमणि चौधरी१०. सरला यादव११. भवानी खापुङ१२.पुष्पाकुमारी कर्ण कायस्थ१३. समिना हुसेन१४.कृष्णलाल महर्जन१५. कृष्णकुमार श्रेष्ठ१६. कलिला खातुन१७. हिराभन्द्र केसी१८. धनबहादुर बुढा१९. गोपालबहादुर बम२०. पार्वतीकुमारी विशुंके२१. लक्ष्मी चौधरी२२. विना बुढाथोकी२३.बेदुराम भुसाल२४.शेरबहादुर कुँवर२५. ठगेन्द्रप्रकाश पुरी२६. उदया शर्मा(पौड्याल)२७. सिंगबहादुर विश्वकर्मा२८. नन्दा चपाइँ २९. शान्तिकुमारी अधिकारी जिसी रहेका छन ।

केन्द्रीय सदस्यहरुको सूची

 १. माधव नेपाल २. मुकुन्द न्यौपाने ३. प्रदिप नेपाल ४. बेदुराम भुसाल ५. प्रमेशकुमार हमाल ६. राजेन्द्रप्रसाद पाण्डे ७. डा. विजयकुमार पौडेल ८. गंगालाल तुलाधार ९. प्रकाश ज्वाला १०. नागेन्द्रप्रसाद चौधरी ११. जयन्ती राई १२.तुलबहादुर गुरुङ १३. जगन्नाथ खतिवडा १४.प्रतापलाल श्रेष्ठ १५. जीवनराम श्रेष्ठ १६. धर्मनाथ प्रसाद साह १७. रामचन्द्र यादव १८. यदुवंश झा १९. रत्नेश्वर गोइत यादव २०. श्रीप्रसाद साह २१. रविन्द्र बैठा धोवी २२. लक्ष्मण पौडेल २३. मदनकुमारी शाह(गरिमा) २४. देवशंकर पौडेल २५. विरोध खतिवडा २६. मेटमणि चौधरी २७. विश्वनाग प्याकुरेल २८. प्रेमलकुमार खनाल २९. विजय गुरुङ ३०. सावित्री भुसाल ३१. रामकुमारी झाँक्री ३२. गौरा प्रसाइँ कोइराला ३३. रामकुमार ज्ञवाली ३४. खगेन्द्र चुडाल ३५. सरलाकुमारी यादव ३६. सुधिरप्रसाद साह ३७. कल्याणीकुमारी खड्का ३८. शत्रुधन महतो ३९. रामचन्द्र साह ४०. दिनेशकुमार राई ४१. हंशबहादुर शाही ४२.शेरबहादुर केसी  ४३. निरादेजी जैरु ४४. प्रेमबहादुर आले ४५. भागवत नेपाली ४६.चुडामणि विक जंगली ४७. घनेन्द्र बस्नेत ४८. राजेन्द्रकुमार राई ४९. बलदेव चौधरी ५०.डा. देउमान सम्बाहाम्फे ५१. भाष्कर काफ्ले ५२. कृष्णप्रसाद खनाल ५३. महम्मद महफुज अन्सारी ५४. हरिप्रसाद पराजुली ५५. केदार न्यौपाने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय