नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताएका छन् । काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वेटमा शुक्रबार निधिले शुभ साइत हेराएरै सम्पर्क कार्यालय खोले। निधिलाई पशुपतिनाथ लगायत विभिन्न मन्दिरका पूजारीहरूले समेत आशिर्वाद दिएका थिए- सभापतिमा विजय प्राप्तिका लागि! मन्दिरहरूका पूजारी, मस्जिदका मौलाना र गुम्बाका लामाहरू निधिले सम्पर्क कार्यालय खोल्दा उपस्थित रहेका थिए। सनातन धर्मअनुसार पूजापाठ गरेर आज बिहान ९ बजेदेखि आफूले सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको निधिले बताए। निधिले बैंक्वेट नै भाडामा लिएर कार्यालय खोलेका हुन्। उनले सभापति शेरबहादुर देउवालाई आफू पनि सभापति पदमा उम्मेदवारी दिने जानकारी गराइसकेका छन्। तर, देउवाले भने सभापतिमा दाबेदारी नगर्न ग्रह गर्दै आएका छन्। देउवाका विश्वासपात्र मानिएका निधिले सभापतिको उम्मेदवारीबाट पछि नहट्ने घोषणा गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय