व्यक्तिगत कारण देखाउदै क्रिकेटका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा दिएका छन । उनले ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिजपछि नेपाली टिमको प्रशिक्षकबाट राजीनामा दिने भन्दै नेपाल क्रिकेट संघ (क्यान) लाई इमेल लेखेका छन् । नेपाल क्रिकेट सङ्घ क्यानलाई इमेल पठाउँदै उनले आसन्न नेपाल, ओमान र अमेरिकाबीचको विश्वकप लिग दुईको त्रिकोणात्मक क्रिकेट सिरिजपछि नेपालीटोलीबाट  बाहिरिने जानकारी दिएका हुन् । ह्वाटमोरले पारिवारिक कारण देखाउँदै नेपाली टोलीबाट बिदा लिन चाहनुभएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । हाल उनी त्रिकोणात्मक सिरिजका लागि ओमानमा रहेका छन् । ओमान सिरिज यही भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुने छ । उक्त सिरिजमा नेपालले ओमान र अमेरिकासित दुई/दुई खेल खेल्ने तय भएको छ ।राजीनामा पत्रमा उनले महामारीका बेलामा परिवारसँग टाढा बस्नु उपयुक्त नलागेको उल्लेख गरेका छन् । क्यान सचिव प्याकुरेलले  भने, ‘उहाँले व्यक्तिगत कारण भन्दै राजीनामा दिनु भएको छ । हामी उहाँसँग एक पटक छलफल गर्छौं ।ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमानमा छ। ओमान सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुनेछ। त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ। सो सिरिजपछि वाटमोरले नेपाली टिम छाड्नेछन्। यसअघि उनी गत पुसमा नेपाली टिमको प्रशिक्षकमा नियुक्त भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link