एजेन्सी । अमेरिकाको न्युयोर्क शहर अविरल वर्षाका कारण डुबान भएको छ । न्युयोर्कमा अहिलेसम्मकै सबैभन्दा ठूलो पानी परेपछि बाढी आएको हो । शहरमा बाढी आएसँगै आपतकाल घोषणा गरिएको छ ।

                        न्युयोर्कका मेयर बिल डे ब्लासिओले अहिले शहरले ऐतिहासिक मौसमी घटनाको सामना गरिरहेको बताएका छन् । उनले अहिले न्युयोर्कमा ठूलो बाढी देखिएको र सडकहरु जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन् ।मेरिकाको पूर्वोत्तर तटमा भारी वर्षा र आँधीपछि अचानक आएको बाढीका कारण कम्तीमा ९ जनाको मृत्यु भएको त्यहाँका स्थानीय मिडियाले जनाएको छ । न्यूयोर्क र न्यूजर्सीमा आपतकालको घोषणा गरिएको छ । न्यूयोर्क सिटीका मेयर बिल डी ब्लासियोले यसलाई एक ऐतिहासिक मौसमी घटना बताएका छन् ।न्यूयोर्कको चर्चित सेन्ट्रल पार्कमा एक घण्टाभित्र तीन इन्च वा ८ सेन्टिमिटरको वर्षा दर्ता गरियो । शहरको भूमिगत रेल सेवा बन्द गरिएको छ र बाटोमा सामान्य वाहनमा चल्न प्रतिबन्ध लगाइएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको केही फुटेजमा न्युयोर्कका सबस्टेसन, मानिसको घरमा बाढी पसेको देख्न सकिन्छ भने सडकहरु पनि जलमग्न भएका छन् । त्यस्तै न्युजर्सीमा पनि आपतकाल घोषणा गरिएको छ । न्युजर्सीमा बाढीका कारण कम्तीमा एक जनाको मृत्यु भएसँगै आपतकाल घोषणा गरिएको हो । अविरल वर्षाका कारण न्युयोर्कको अधिकांश सबवे बन्द भएका छन् भने धेरै रेल सेवा र हवाई उडान पनि रद्द भएका छन् । स्थानीय मेयरका अनुसार न्यू जर्सीमा आँधीले त्यहाँको मुलिसिया हिलमा नौ घर भत्काएको छ । न्यूयोर्कको मौसम विभागका अनुसार त्यहाँको सेन्ट्रल पार्कमा एक घण्टामै ३.१५ इन्चको वर्षा मापन भएको थियो । न्यूयोर्कको सबवे बन्द गरिएका छन् भने रेल सेवा पनि ठप्प छ । न्यूयोर्क र न्यूजर्सीबाट बाहिर हुने उडानहरु सबै बन्द भएका छन् । आइदा आँधी अहिले पूर्वी अमेरिकाबाट उत्तरतर्फ अघि बढिरहेको छ । लुसियानाका सयौं घरमा रात्रीकालिन कफूर्यु लागू गरिएको छ भने त्यहाँ बिजुली समेत छैन ।हुरिकेन समुद्री आँधीका कारण न्युयोर्क, न्युजर्सीलगायतका क्षेत्रमा भारी वर्षा भएको हो । आइतबार सोही आँधीका कारण लोउसियानाका हजारौं घरमा बिजुली अवरुद्ध भएको थियो । अझै पनि धेरै घरमा विद्युत अवरुद्ध नै छ । यस्तै न्यु ओर्लियन्समा अहिले रात्रीकालीन कर्फ्यु लगाइएको छ । मौसमविद्हरुले अझै धेरै वर्षा हुन सक्ने चेतावनी दिएका छन् । जलवायु परिवर्तनको कारण पछिल्लो समय कतै खडेरी पर्ने र कतै अतिवृष्टि हुनेजस्ता समस्या देखिइरहेका छन् । न्यूयोर्क र न्यूजर्सीबाट थुप्रै विमान र ट्रेन स्थगित गरिएको छ । अमेरिकामा अचाजक परिवर्तित मौसमका लागि समुद्री आँधी इडा जिम्मेवार भएको बताइन्छ । यसको बाँकी भएको हिस्साले यस्तो असर देखाएको बताइन्छ ।

एजेन्सीहरुको सहयोगमा

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link