
कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका कारण बन्द भएको पशुपतिनाथको मन्दिर भदौ २५ गतेदेखि खुला गर्ने तयारी भएको हो । पशुपति क्षेत्र विकास कोषका अनुसार भदौ २५ गतेदेखि पशुपतिनाथ र गुह्येश्वरी मन्दिर खुला गर्ने विषयमा आवश्यक तयारीका लागि कोषले सम्बद्ध सरोकारवालासँग परामर्शका लागि बोलाएको छ ।
