राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ । राप्रपाको नयाँ नीति र नेतृत्व छनोटका लागि हुन लागेको महाधिवेशनका लागि यही भदौ मसान्तभित्र पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने विधानमा व्यवस्था गरिएको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए। अहिलेसम्म नगर, जिल्ला र क्षेत्रबाट प्रतिनिधि छनोट हुने व्यवस्था भएकामा यसपटक त्यसको विकल्पमा नयाँ नियम लागू गरिएको छ । काठमाडौँ जिल्लाको नयाँ कार्यसमितिका लागि अधिवेशन आजदेखि शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त अधिवेशनमा आज उम्मेदवारले मनोनयन दर्ता गर्ने र आइतबार निर्वाचनबाट कार्यसमिति छनोट गरिने छ । दुई दिनसम्म सञ्चालन हुने उक्त अधिवेशनमा आज उम्मेदवारले मनोनयन दर्ता गर्ने र आइतबार निर्वाचनबाट कार्यसमिति छनोट गरिने छ। अहिलेसम्म २२ जिल्लामा अधिवेशन सम्पन्न गरिएको छ। अधिवेशन भएका जिल्लाबाट  स्थानीय तहको निर्वाचनपछि महाधिवेशन गर्न सुझाव आएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link