कब्जियत पाचन प्रक्रियामा गडबडीका कारण हुने एक रोग हो । मल निष्कासनको स्वभाविक आवृतिमा विलम्ब हुनु, नियमित रूपले मल त्याग गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपटक पनि कोमल दिसा गर्न नसकेको अवस्थालाई कब्जियत भनिन्छ। हामीले खाएको खाना पाचन प्रक्रियापछि पोषक तत्व हाम्रो शरीरले शोषण गर्छ र अनुपयोगी तत्व ठोस पदार्थ मल र तरल पदार्थ मूत्रका रुपमा शरीरबाट बाहिर निस्कन्छ । स्वस्थ्य रहनको लागि नियमित रुपमा समयमा मल र मूत्रको त्याग गर्नु जरुरी छ । सामान्य स्वस्थ मानिसलाई दिनमा दुई पटक बिहान र साँझ पेट सफा र हल्का हुने गरी दिसा हुनुपर्दछ । यसो नभई एक दिन, दुई दिन या धेरै दिन बिराएर दिसा हुने अबस्थालाई कब्जियत भनिन्छ ।

शौचको समयमा कठिनाई हुनु, राम्रो सँग मल निस्कासन नहुनु, र कडा सुख्खा मल निस्कासन हुने अबस्थालाई कब्ज भनिन्छ । यो कुनै विशेष रोग नभई रोगको लक्षणको रुपमा धेरै रोग यसैबाट जन्मन्छन् । अयोग्य र अनियमित भोजनका कारण हुने यस समस्या सबै उमेरका मानिसलाई हुनसक्छ । खानपान र जीवनशैलीका कारण हुने रोगहरु मध्ये कब्जियत पनि पाचन प्रणाली अन्र्तगतको मुख्य समस्या हो । समयमानै हेरचाह गरियो भने कब्जियत सजिलै सँग ठिक हुन्छ नत्र दिर्घकालिन कब्ज घातक पनि हुन सक्छ । कब्जियतको कारण प्रशस्त पानी या अन्य झोल कुराहरु नपिउनाले, खानामा रेसा, बोक्राहरुको कमी हुनाले, हरियो सागपात, तरकारी, फलफूल, टुसा निकालेको गेडागुडी, काँचो खान मिल्ने काँक्रो, गाँजर, चुकन्दर नखानाले, पहिला खाएको खाना नपच्दै फेरी खाना खानु, ज्यादा दुग्ध पदार्थ सेवन गर्नाले, खाना राम्रो सँग नचपाई खानु, चिया, कफि, चुरोट मदिराको ज्यादा सेवन, शोक, चिन्ता, तनाव, अनिद्रा, बैचेनी, खाना खाने बित्तिकै दिमागी काम गर्नु, कुनै औषधी सेवनको असर तथा रोगको कारण जस्तै थाइराइड, नशाको समस्या, व्यायाम नगर्नु, धेरै समयसम्म सुत्नु ।

विशेष रोगावस्था जस्तै आन्द्राको घाउ, ट्युमर, प्यारालाइसिस, मधुमेह, थाइराइडिजम, पराकिन्सन जस्ता समस्याबाहेक अधिकांश कब्जियतको मुख्य कारण अप्राकृतिक जीवनशैली हो। भोजन, व्यायाम, विश्राम र भावानात्मक रूपमा असन्तुलित जीवन नै अप्राकृतिक जीवन हो। भोक लागेको बेला नखाने, भोकभन्दा ज्यादा खाने गरिष्ठ भोजनहरू, मसिनो मिठो, तारे भुटेको, पचाउन कठिन, जंकफूड र संरक्षित खाद्यान्न प्रायःजसो खाइरहने, सागसब्जी सलादजस्ता खस्रामोटा, रेसा र चोकरयुक्त खाद्यपदार्थ कम खानाले कब्जियत हुने प्रबल सम्भावाना रहन्छ। व्यस्त र भागदौडले भरिएको, तनावपूर्ण जीवन जिउनेहरू, श्रमपछि विश्राम नगर्नेहरू, भय, चिन्ता, शोक र उदासीनताका कारणले पनि कब्जियत देखिएको छ। व्यायाम र श्रमबाट भाग्नेहरूलाई पनि कब्जियतले छाडेको छैन भने लामो समयसम्म विरेचक औषधी, पेनकिलर, नार्काटिक्स र दिमाग लठ्याउने औषधि खानेहरूमा कब्जियत ज्यादा देखिएको छ ।

लक्षण

मल त्यागको प्राकृतिक आवृत्तिमा विलम्ब हुनु, मलत्याग गर्न बल लगाउनुपर्ने अवस्था आउनु, दिसा कोमल नभएर गोटा पर्नु, अपानवायु बढ्नु, पेट भारी हुनु वा दुख्नु, भोक नलाग्नु मुख बिग्रिनु, रिंगटा लाग्नु, तिघ्राको पछाडिपट्टिको मांशपेशी दुख्नु, टाउको दुख्नु छात्ती पोल्नु र थाकेको महसुस हुनु। जोखिम कब्जियत कैयौं रोगहरूको कारण हो। पूर्वीय स्वास्थ्य विज्ञानमा कब्जियतलाई भयानक रोगहरूको जननी मानिएको छ। कब्जीयत हुँदा लामो समयसम्म मल आन्द्रामा नै रही रहने भएकाले आन्द्राभित्रै मल सडेर कुपित हुन पुग्छ। यसरी लामो समयसम्म आन्द्रामा मल रहिरहँदा आन्द्राभित्रै विषक्त पदार्थ बन्न पुग्छ। यी विषात पदार्थ आन्द्राबाटै अवशोषित भएर रगतको माध्यमबाट शरीरको विभिन्न अंगमा पुग्छन्। फलतः अंगहरूमा विषाक्त बढ्न गई महत्वूर्ण अंगहरूको कार्य क्षमतामा कमी आउँदा अनेक रोग देखिन सक्छ। पूर्वीय स्वास्थ्य विज्ञानहरूको मत अनुसार कब्जियतको कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्रि्रक, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेबल बवेल सिन्ड्राम, एसिडीटी, एपेन्डीसाइटिस, अपच, गुदद्वार खस्नु, डकार आउनु, चाया, पोतो, डन्डीफोर, आउनु, जोर्नी दुख्नु, हड्डी खिइनु, सुन्निएर विकृत हुनु जस्ता समस्या आउँछ। मानसिक समस्या जस्तैः डर, चिन्ता, खिन्नता, उदासिनता, अनिद्रा, यौनशक्तिको क्षय, प्रतिरक्षा प्रणालीको कार्यक्षमता गडबड हुनु, सर्दीले सताइ रहनु, ज्वरो, खोकी बल्भि्करहनु, मांसपेसी तथा नसा-नाडीहरु कमजोर हुनु, अन्तश्रावी ग्रन्थीहरुको कार्य सुुचारु नभएर हार्मोनको मात्रा घटवड भइरहनु लगायत समस्या पनि आउँछ। कोलेस्टेरोल, युरिक एसिड आदि रगतमा हुने तत्वहरू घटबढ भइरहनु, रक्तअल्पताको समस्या देखापर्नु, महत्वपूर्ण अंगहरूको कार्यक्षमता घट्न जस्ता रोग देखिन सक्छ।

रोकथाम
प्रशस्त पानी पिउने बानी बसाल्नु पर्दछ ।
– चाउचाउ, बिस्कुट जस्ता तयारी खाना र बोतलमा पाइने चिसो पेय पदार्थको साटो उसिनेको पदार्थ, कोदो, फापर, चना भटमासजस्ता पोषिला खानाका साथै मही, महपानी या सर्बत आदि खाने बानी बसाल्नुपर्दछ ।
– काम र आरामको निश्चित तालिका बनाउनुपर्छ । आराम र श्रम नियमित र सन्तुलित बनाउनुपर्दछ । निश्चित समयमा काम गर्ने, निश्चित समयमा खाने र निश्चित समयमा आराम गर्ने बानी बसाल्नुपर्दछ ।

– दिसा आउँदा रोकेर राख्नु हुदैंन र दिसा लाग्ने बित्तिकै तुरुन्तै सबै काम छाडेर दिसा जानुपर्दछ ।– धेरै कम्मर कसिलो गरी पटुका या पेटी कस्नु हुदैंन ।

– धेरै सागपात, हरिया, तरकारी सलाद, फलफूल प्रशस्त खानुपर्दछ ।

– भोकै उपवास या कोची कोची धेरै खाना खाने गर्नुहुदैंन ।

– तारेको, भुटेको, मसलादार खाना र माछा, मासु, अण्डाजस्ता मांसाहार त्याग्ने ।
– सेतो चामलको बदला ढिकीमा कुटेको रातो चामल, मैदा बदला चोकर सहितको मोटो, पीठो, चिनीको बदला गुड खाने बानी बसाल्नुपर्दछ ।
– बोक्रा फालेको सफा दालको सट्टा टुसा निकालेको या अङकुररित गरेको गेडागुडी खाने बानी बसाल्ने ।
– खाना खाने बित्तिकै सुत्नु हुदैंन । खाना खाएको २।३ घण्टामा पाचन प्रक्रिया सकिएको हुन्छ र सुत्न जाने ।
– मनमा कुरा खेलाउने, चिन्ता लिने, रिसाउने, डराउने, तनावको अबस्थामा आराम गर्ने ।

घरेलु उपचार
-सानो हर्रो घिउमा भुट्ने र पिसेर धुलो बनाएर १ चिया चम्चा, सुत्ने बेलामा मनतातो पानीसँग पिउनुपर्दछ ।
– इसबगोलको भुसी एक चम्चा बिहान साँझ पानी, दूध या अरु झोल कुरासँग पिउने ।
– राजवृक्षको गुदी ५ ग्राम र मुनक्का २० ग्राम मिलाएर चटनी जस्तो पिसी बिहान साँझ खानाले पनि पेट सफा हुन्छ ।
– एक भाग हर्रो, दुई भाग बर्रो, चार भाग अमला मिलाएर चूर्ण बनाउने र एक एक चिया चम्चा बिहान साँझ मनतातो पानी सँग पिउने ।
– अदुवा पानी खानाले पनि कब्जियतलाई भगाउँछ । – अम्बा तथा मेवाको सेबनले पनि दिसालाई नियन्त्रण गर्दछ ।
– गाँजरको जूस दिनको एक गिलास खाली पेटमा तथा स्याउ खानु फाइदाजनक हुन्छ ।
– १ चम्चा मह तातो पानीमा मिसाएर बिहान खाली पेटमा खाने ।
– दिनमा दुई तीन कोसा पाकेको केरा खानाले वा एक चम्चा सुप र अदुवाको धुलोमा थोरै वीरेनुन मिसाई राती सुत्ने बेलामा मनतातो पानीसँग खानाले कब्जियत रोग ठिक हुन्छ ।
– घिउकुमारीको गुदी १० ग्राम बिहान खाली पेटमा खाने गर्नुपर्दछ ।
– सानो हर्रो, सौंफ र मिश्री बराबर तौल लिएर पिसेर चूर्ण बनाई आवश्यकताअनुसार १ या २ चम्चा सुत्ने बेलामा खाएर पानी पिउने गर्नुपर्दछ ।
– सुकाएर अमलालाई पिसेर बनाएर चूर्ण १ चम्चा बिहान साँझ खाना पछि खाने ।
– खाना खानु १–२ घण्टा पूर्व नै १–२ गिलास पानी पिउने । – तोरीको तेलले बिहान बेलुका मालिस गर्ने ।
– बिहानको समय ३–४ कि.मि हिंडडुल गर्ने ।

आयुर्वेद उपचार
आयुर्वेद शास्त्र अनुसार पनि कब्जियतलाई धेरै रोगको कारणको रुपमा बर्णन गरिएको छ । अयोग्य भोजन तथा जीवनयापनका कारण मानिसहरु कब्जियतबाट पिडित हुन्छन् । आयुर्वेद सिद्घान्त अनुसार कब्जियतलाई विभिन्न जडिवुटि तथा आयुर्वेदिक औषधी सेवन बाट उपचार गर्न सकिन्छ । यस्तै औषधी मध्ये त्रिफला चूर्ण कब्जियत अचूक औषधी हो । मुख्य बहुउपयोगी द्रव्य हर्रो, बर्रो र अमलाको मिश्रण त्रिफलाको सेवन राती सुत्ने बेलामा मनतातो पानी सँग गर्न सकिन्छ । यदि घरेलु उपचारबाट पनि उचित सुधार नभएमा तुरुन्त आयुर्वेद बिशेषज्ञ सँग सल्लाह गरि उचित औषधोपचार गराउनु पर्दछ ।

भोजन :
बिहानको नास्तामा तारेभुटेको, बट्टा र बोतलबद्ध खाद्य पदार्थ, मैदाका परिकारको सट्टा ताजा फलफूल लिने बानी बसाल्नुपर्छ। मौसम अनुसारको फलफूलजस्तै मौसम, सुन्तला, नासपाती, खरबुजा, काँक्रो, आँप, सरिफा, बेल, बेलौती, मेवाका साथै अंकुरित मुंग, मेथी लगायत मौसमी तरकारी समावेश गर्ने। मुनन्का र छोगडालाई राति भिजाएर बिहान खाने गर्दा कब्जियत कम गर्न सहयोग गर्छ। ठोस भोजन दिनको दुईपल्ट मात्र लिने गरौं। बिहानको भोजनमा रातो चामल वा मकैको भात, गहँुको वा मकैको पिठोको रोटी, काउली बन्दा तोरी र बेथेको साग हुनुपर्छ। मास, खेसरी बाहेक बोक्रोसित पकाएको दालले पनि कब्जियतमा फाइदा पुर्या उँछ। बेलुकाको भोजनमा अन्नको सहभागीता नभएको राम्रो हो। सब्जी तथा तरकारीको सुप वा २५० ग्राम उमालेको तरकारिसँग ताजा मोही मात्र खादा कब्जियतमा राम्रो गर्छ। माछा, मासु अण्डा, घ्यू, पनिर, मख्खन र मैदाबाट बनेका वस्तु बार्नुपर्छ। चीकु, केरा, स्याउ, अंगुर, लिचीजस्ता फलले कब्जियतमा राम्रो गर्दैन। आलु, पिँडालु, तरुल, सुठुनी भन्टा, चुकन्दर ओल, राजमा, सेतो चना, मास, भटमास जस्ता सब्ज्ाी तथा दलहन बेलुका नखानु।

व्यायाम :
अंग व्यायाम, रिढव्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण, सूर्यनमस्कार, योगआसन तथा प्राणायाम गर्दा कब्जियतमा अत्यन्त फाइदा पुग्छ। ताडासन, त्रीयकताडासन, पवनमुक्तासन, माण्डुक, मत्येन्द्र, भुजांग, उदारकर्स धनुरजस्ता आसनविधि, भस्त्रिका, अग्निसार, कपालभाती जस्ता श्वासन विधिले कब्जियत निवारणमा अमृतसरी काम गर्छ। एनिमा, कुन्जल, लधु तथा गरु शंखप्रक्षालन (आन्द्राको सफाइ), पेटकोमालिस, माटोको पेडुँपट्टि, कटिस्नान र गणेशक्रिया जस्ता प्राकृतिक उपचार विधि पनि कब्जियत भएकाहरूले अपनाउनु पर्ने हुन्छ।

अपनाउनैपर्ने सावधानी :
१. राति चाँडै सुत्ने, बिहान ब्रह्म मुर्हत (घाम झुल्किनु भन्दा ९६ मिनेटअगाडि देखि घाम झुल्किँदा सम्मको समय) भित्र उठिसक्ने। उठ्नेबित्तिकै १ लिटरजति मनतातो पानी पिउने बानीले कब्जियत नियन्त्रणमा सहयोग पुर्यािउँछ।

२. दैनिक ३० मिनेटको व्यायामलाई जीवनशैलीको अभिन्न अंग बनाऔँ। अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातःभ्रमण जस्ता क्रियाकलापले शरीर तथा पाचन प्रणालीलाई मजबुत राख्न सहयोग पुर्यााउँछ।
३. भोजनको समय निश्चित गरी उही समयमा मात्र भोजन गर्ने गरौँ। रातिको भोजन सकभर सूर्यास्त आसपासको समयमा होस्। भोजनलगत्तै सुत्ने बानी कब्जियतको मुख्य कारणमध्ये एक हो। भोजन गर्दा चपाइचपाइ खाने गरांै। भोजनको समयमा बातचित गर्ने, उठीउठी वा टिभी, कम्प्युुटर अथवा मोबाइलमा व्यस्त रहेर भोजन गर्नेहरूमा कब्जियत ज्यादा पाइएको छ।
४. खानामा मौसमी तथा स्थानीय (लोकल) अन्न तथा सागसब्जीको बिशेष समायोजन होस्। सागसब्जी, सलाद तथा रेसादार फलफूलको समायोजनले कब्जियत नियन्त्रण गर्न सहयोग गर्छ।
५. मल त्यागको समयमा मनलाई पूर्ण रूपमा मल त्याग गर्नमा नै लगाऔं। शौचालयमा बसेर अखबार पढ्ने, गीतसंगीत सुन्ने तथा अन्य विषय सोच्ने गर्दा मस्तिष्कले मल त्याग सम्बन्धी सूचना सम्बन्धित अंगहरूलाई दिने बिलम्ब गर्ने हुुँदा कब्जियत हुने सम्भावना रहन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link