भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल म्याचमा नेपाल २-१ गोल अन्तरले पराजित बनेको छ । नेपालले राम्रो प्रदर्शन गरे पनि कमजोर फिनिसिङका कारण हार स्वीकार्न वाध्य भयो । नेपालका लागि तेज तामाङले सान्त्वना गोल गरे । भारतको जितमा फारूख चौरधी र कप्तानी सुनिल क्षेत्रीले एक एक गोल गरे। नेपालका लागि तेज तामाङले गोल फर्काए। दोस्रो हाफमा मैदान छिरेका चौधरीले खेलको ६२ मिनेटमा गोल गरेका थिए। डिबक्सभित्र अनमार्क रहेका उनले सटिक फिनिसिङ गरेका थिए। ८० मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले अग्रता दोब्बर पारे। काउन्टर आक्रमणमा उनले सहज रूपमा गोल गरेका थिए। ८६ औं मिनेटमा नेपालका लागि तेज तामाङले गोल गर्दै गोल अन्तर कम गरे । खेलमा नेपालले पटक पटक गोल गर्ने अवसर खेर फालेको थियो। दुवै हाफमा मनिष डाँगीले गोल गर्न सकेनन्।मनिष र आशिषले पहिलो हाफमा गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन् । १४  औं मिनेटमा मनिषले पेनाल्टी एरिया भित्र वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् । यस्तै २७ औं मिनेटमा आयुष घलानको लामो क्रसमा आशिषले सिक्स यार्ड बक्सबाट बललाई कनेक्ट गर्न सकेनन् । ८६ औं मिनेटमा नेपालका लागि दुई खेलाडीले डेब्यु गरे । गोलकिपर विशाल श्रेष्ठले यसै खेलमा सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएका कप्तान किरण चेम्जोङलाई रिप्लेस गर्दै डेब्यु गरे । यस्तै राजन गुरुङ मनिष डाँगीको स्थानमा मैदान प्रवेश गरे । दुवै टिमले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीस्वरूप मैत्रीपूर्ण खेल खेलेका हुन्। अब नेपाली टिम साफ च्याम्पियनसिपको तयारी गर्न कतार जानेछ। त्यहाँ १५ दिन तयारी गरेपछि नेपाली टिम उतैबाट माल्दिभ्स पुग्नेछ।

दाेस्राे खेलमा नेपालकाे तर्फबाट तेज तामाङ बेस्ट प्लेअर घाेषित भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय